Showing posts with label kahile kahi. Show all posts
Showing posts with label kahile kahi. Show all posts

Tuesday, October 13, 2015

कहिले काँही

कहिले काँही म भेटिन्छु त्यही चौतारा मा
तिमी त आउँदैनौ
तै पनि कुरी रहेको हुन्छु
भिड मा पनि एक्लाई हुन्छु तै पनि सही छ
मेरो जिन्दगी साँच्चै नै सही छ

याद तिमीलाई मेरो नआएर होला
याद त म पनि तिमीलाई कहिले गर्दिन..
सपना नि आउँदैन तिम्रो मलाई..
त्यै पनि हुन्छु त्यही डाँडा को फेदी मा अचेल
कहिले काँही कोही नहुँदा साथमा..
कहिले हाँस्न भुलेको बेला..
कहिले आँसु झार्न नसकेको बेला..
अनी कहिले म हराएको बेला..

छ न त म सोझै थिए
थोरै भएनी लायक नै थिए
नालायक त होईन अझै पनि..
तर..
कहिले काँही भेटिन्छु त्यै भट्टी मा अचेल..
हाँस्न बाहना नपाएको बेला..
अनी कहिले यो मुटु साह्रै दुखेको बेला..

जान त म जान्न थिए..
खान त म खान्न थिए..
त्यै पनि आजकल मात चडेको छ..
तिम्रो वेवास्ता ले साह्रै पिरोलेको छ..
तेसै ले पनि हो..
म भेटिन्छु त्यो बसन्तपुर को गल्ली म अचेल..
कृष्ण मन्दिर तिर को एकान्त चोक हरु मा..
भक्तपुर को ठुला सडक हरु मा..
८ माइल को जंगल हरु मा..
भेटिन्छु आजकल तिमीलाई नसम्झिने कोसिस गर्दै अचेल..

कोसिस त नगरेको होईन मैले..
त्यै पनि..
त्यो भट्टिले बोलाउँछ अचेल..
त्यो धुँवाले तान्छ अचेल..
त्यसैले भेटिन्छु उतै अचेल..
मन रोएको बेला..
तिमी लाई पाउन नसकेको देख्दा..
त्यसै मा रम्छु अचेल..
जिन्दगी ले पिरोलेको बेला..
रुन लाई बाहना अनि हाँस्न हाँसो नभेटाएको बेला...

Author : © Shreejana Rajbahak