Showing posts with label titanic handkerchief. Show all posts
Showing posts with label titanic handkerchief. Show all posts

Tuesday, October 13, 2015

टाइटनिक रुमाल

कथा आफैमा नटुङ्गिने कथा हो। झन जीवन त कथाको यस्तो भुमरी हो। जहाँ धेरै कथाहरु सुरु हुन नपाउदै हराइसक्छन। लेखिन नपाउदै मेटिसक्छन। आफ्नै जिवनकथा लेख्ने क्रममा म कति इमानदार हुनसक्छु थाहा छैन ।
जिन्दगीको तेज रफ्तार मा म आफैं देखि भागिरहेको छु र मलाइ अस्तित्वका धेरै छाँया हरुले लखेटिरहेका छन । अस्तित्वका भिन्न स्वरुप हरुमा म जिवितै रहनेछु सायद .........
जाडोलाइ भर्खरै बिदाइ गरेर गर्मिलाइ स्वागत गरेको थियोे चैत ले । स्कुल जाने बाटो वरपरका खेतहरु कतै खाली थिए त कतै जोतिएका देखिन्थे । परिक्षाको पहिलो दिन भएकोले म एक घन्टा अगाडी नै स्कुल जाँदै थिए !!
बाटामा अलिक टाढा टाढा घर हुने विद्यार्थीहरु साइकलको पछाडि सिटमा "कुट" च्यापेर आफ्नै रफ्तारमा स्कुल तिर गैरहेका थिए । 30 मिनेट अगाडी जाँदा पनि हुने हो । तर एक घन्टा अगाडी जाने आदेश आफ्नै दाइको थियोे । बुवा आमा बस दुर्घटनामा परेदेखि मेरो बुवा,आमा, साथी जो भनेपनी "दाइ" नै थियो । हामी सँगै एउटै कक्षामा पढथ्यौ ६ कक्षा देखिनै परिक्षाको बेला उसको कोठा मैले खोज्दिनुपर्ने एक किसिमको ठेक्का जस्तैः थियोे ।
स्कुलको (मेन गेट) बाट प्रबेश गर्दा थुप्रै विद्यार्थी हरु आइसकेका थिए । आफ्ना आफ्ना साथीहरूको ग्रुप बनाइ कता - कता परियो भनेर कक्षाकोठा खोजि गर्दै थिए ।
जिल्लाकै दोश्रो ठुलो स्कुल भएकाले स्कुल ठूलो थियोे। प्रत्येक कोठा डुल्ने हो भने कम्तिमा १ घन्टा लाग्थ्यो । तर मेरो ६ कक्षा देखिकै कोठा खोज्ने अनुभवले १५ मिनेटमै कक्षाकोठा भेटेर मख्ख थिए ।
कक्षाकोठा त भेटे तर कक्षाकोठामा पस्न मन लागेन । छेउछाउका अन्य दुई बोर्डिङ स्कुलका बिद्यार्थी पनि हाम्रै स्कुलमा S.L.C. परिक्षा दिन आउथे ।
तिनै अपरिचित अनुहारमा कतै चिनेका मुहार भेटिने आसमा तिनीहरुलाई नै हेर्दै बसिरहेको थिए ।
हुनत पढेको भएपो मन पनि लागोस कक्षामा छिर्न । सरकारी स्कुल आन्दोलन, बन्द , भैरहने त्यहिपनि जेठमा शुरु भएर असारमा बर्खे बिदाको छुट्टी अनि लगत्तै दशै,तिहार ,माघे संग्रान्ती होलि यस्तो लाग्छ नेपालमा जति चाडपर्व कुनै देशमा मनाइदैन होला । बिच-बिचमा आफैले कति छुट्टि हानियो टिफिन बाट घर तिर भागियो । स्कुलमा जति पढयो पढयो घरमा परिक्षाको अघिल्लो दिन बाहेक किताब छुने चलन थिएन । लाग्थ्यो "सरस्वती माताले " घरमा किताब खोलिस भने विद्या नस्ट गर्दिने धम्कि दिएकी छन !!
अनि कसरी लागोस त मन परिक्षा दिन ?
कसरी लागोस कक्षाकोठा मा छिर्न ? मन मनै मेरालागि " प्रवेश निषेध छ।" भनेर ढोकामा कसैले पम्प्लेट टाँसिदिएपनी हुनेथ्यो झैँ लागिरहेको थियो !!