Showing posts with label muktak. Show all posts
Showing posts with label muktak. Show all posts

Wednesday, February 17, 2016

भूमिकाका केहि मुक्तक हरु

१. धर्तिको बोझ बनेर जिउनुको के अर्थ?
    नसा लागेन भने पिउनुको के अर्थ?
    फाट्न सम्म अब फाटिसक्यो 
    फाटेको मनलाई पछिबाट सिउनुको के अर्थ?

२. अधिकार अब सबैलाई मिल्दैछ कतिसम्म हेप्छौ।
    ढुंगा फोडेर पनि पिपल उम्रन्छ कतिसम्म चेप्छौ।
    पाप धुरिबाट अवश्य कराउँछ।
    आफ्नो गल्तीलाई हाम्रो आँखा बाट कतिसम्म छोप्छौ।

३. म पनि केहि गरेर देखाउँछु।
    आफ्नो नाम सगरमाथाको टुप्पोमा राखेर देखाउँछु।
    कमजोर नसम्झनुहोस मलाई
    एक्दिन देशको बलिदानको लागि मरेर देखाउँछु।

 ४. काठमाडौँमा बस्नु बेकार छ
    न टाइममा बिजुली हुन्छ, पानीको पनि हाहाकार छ
    मानव त यहाँ असङ्ख्य बस्छन्
    तर बिल्कुल पशुको जस्तो ब्यवहार छ