Showing posts with label nepali. Show all posts
Showing posts with label nepali. Show all posts

Thursday, May 26, 2016

गजल

माया लाग्दैन भने, झिनो आशाम न पारिदिनु
मुखै सामु सबै सत्य कुरा प्रस्ट पारिदिनु ।

आझ भोली सबै मान्छे,भ्रममा राखी दिन्छन्,
तिमी पनि अन्तै पाउदा , एक्लो न पारिदिनु ।

पिडामा सितल छर्ने,जुन ताराले पनि पोल्छ्,
चोखो माया गर्नेलाई, संकटमा नपारिदिनु ।

पिडा अनि चोट खादा, बाच्ने आशा समत्तिदा,
पहिले आश पछी निराश्, बिचल्लिमा नपारिदिनु । 
लेखक:अनु अएर् 

शुभकामना तिमीलाई

 सबैले खुशी देउन्, हसिलो मुहार भरि,
 उमङग छाओस सदै, तिम्रो शहर भरी ।
                                                                                      
 मोउलाओस जिवन सयपत्री भन्दा पनि,
 नयाँ सोच आउन्, जोश जगर भरी ।
                                      
 आटेको पुगोस तिमीलाई, भागवानले साथ देउन्,
 छिट्टै पुग्नु तिमी , सपनाको शिखर भरी । ।     

                                                                                                                     

लेखक:अनु अएर् 

Wednesday, February 17, 2016

भूमिकाका केहि मुक्तक हरु

१. धर्तिको बोझ बनेर जिउनुको के अर्थ?
    नसा लागेन भने पिउनुको के अर्थ?
    फाट्न सम्म अब फाटिसक्यो 
    फाटेको मनलाई पछिबाट सिउनुको के अर्थ?

२. अधिकार अब सबैलाई मिल्दैछ कतिसम्म हेप्छौ।
    ढुंगा फोडेर पनि पिपल उम्रन्छ कतिसम्म चेप्छौ।
    पाप धुरिबाट अवश्य कराउँछ।
    आफ्नो गल्तीलाई हाम्रो आँखा बाट कतिसम्म छोप्छौ।

३. म पनि केहि गरेर देखाउँछु।
    आफ्नो नाम सगरमाथाको टुप्पोमा राखेर देखाउँछु।
    कमजोर नसम्झनुहोस मलाई
    एक्दिन देशको बलिदानको लागि मरेर देखाउँछु।

 ४. काठमाडौँमा बस्नु बेकार छ
    न टाइममा बिजुली हुन्छ, पानीको पनि हाहाकार छ
    मानव त यहाँ असङ्ख्य बस्छन्
    तर बिल्कुल पशुको जस्तो ब्यवहार छ