Tuesday, October 13, 2015

अधुरो सम्बन्ध

म "मन"का कुरा गर्थे 
उनि त्यो "महल" हेरन कत्ती राम्रो छ है भन्दै देखाउथिन !!
म "आशा"का कुरा गर्थे 
उनी बजारमा नयाँ फ्लेभर को "आइस्क्रीम"खाएको सुनाउथिन !!
म जुनका कुरा गर्थे
उनी "सुन"को भाउ घटेको बताउथिन !!
Hi भन्दा Bye भन्थिन
के छ खबर भन्दा - तिर्दिने हो रिण छ भन्थिन !!
वाक्क, दिक्क, लाग्थ्यो कहिलेकाही
बोल्न मनै लाग्दैन थ्यो
तर के गर्नु नबोली बस्न यो
बेइमान मन मान्दैन थ्यो !!
तरंगका छालहरुमा
आँखाका यादहरुमा
मुटुका माझमा राखी
माया गरिरहे
मीठो बोलिरहेँ
हरपल चाहिरहेँ
सायद ,,,,
सायद उनि कुनै "Love Story"
सिनेमाको दृश्य झैँ
फिल्मी माया चाहान्थिन
आधुनिक माया चाहान्थिन
माफ गर Dear ,
मैले तिमिलाइ आधुनिक माया गर्न सकिन
तिम्रो धड्कन लाई महशुस हुनेगरी माया व्यक्त गर्न सकिन !!
तिमिले पनि त
न मलाइ
न मेरो मन लाई
न मेरो मायालाइ नै बुझ्न चाहयौ
मैले पनि न कहिल्यै बुझाउन सके
त्यसैले हमेसा तिमी "तिमी" नै भयौ
म "म" नै भए
तिमी र म कहिल्यै "हामि हुन सकेनौ !!

Author : © Binod Dahal 

टाइटनिक रुमाल

कथा आफैमा नटुङ्गिने कथा हो। झन जीवन त कथाको यस्तो भुमरी हो। जहाँ धेरै कथाहरु सुरु हुन नपाउदै हराइसक्छन। लेखिन नपाउदै मेटिसक्छन। आफ्नै जिवनकथा लेख्ने क्रममा म कति इमानदार हुनसक्छु थाहा छैन ।
जिन्दगीको तेज रफ्तार मा म आफैं देखि भागिरहेको छु र मलाइ अस्तित्वका धेरै छाँया हरुले लखेटिरहेका छन । अस्तित्वका भिन्न स्वरुप हरुमा म जिवितै रहनेछु सायद .........
जाडोलाइ भर्खरै बिदाइ गरेर गर्मिलाइ स्वागत गरेको थियोे चैत ले । स्कुल जाने बाटो वरपरका खेतहरु कतै खाली थिए त कतै जोतिएका देखिन्थे । परिक्षाको पहिलो दिन भएकोले म एक घन्टा अगाडी नै स्कुल जाँदै थिए !!
बाटामा अलिक टाढा टाढा घर हुने विद्यार्थीहरु साइकलको पछाडि सिटमा "कुट" च्यापेर आफ्नै रफ्तारमा स्कुल तिर गैरहेका थिए । 30 मिनेट अगाडी जाँदा पनि हुने हो । तर एक घन्टा अगाडी जाने आदेश आफ्नै दाइको थियोे । बुवा आमा बस दुर्घटनामा परेदेखि मेरो बुवा,आमा, साथी जो भनेपनी "दाइ" नै थियो । हामी सँगै एउटै कक्षामा पढथ्यौ ६ कक्षा देखिनै परिक्षाको बेला उसको कोठा मैले खोज्दिनुपर्ने एक किसिमको ठेक्का जस्तैः थियोे ।
स्कुलको (मेन गेट) बाट प्रबेश गर्दा थुप्रै विद्यार्थी हरु आइसकेका थिए । आफ्ना आफ्ना साथीहरूको ग्रुप बनाइ कता - कता परियो भनेर कक्षाकोठा खोजि गर्दै थिए ।
जिल्लाकै दोश्रो ठुलो स्कुल भएकाले स्कुल ठूलो थियोे। प्रत्येक कोठा डुल्ने हो भने कम्तिमा १ घन्टा लाग्थ्यो । तर मेरो ६ कक्षा देखिकै कोठा खोज्ने अनुभवले १५ मिनेटमै कक्षाकोठा भेटेर मख्ख थिए ।
कक्षाकोठा त भेटे तर कक्षाकोठामा पस्न मन लागेन । छेउछाउका अन्य दुई बोर्डिङ स्कुलका बिद्यार्थी पनि हाम्रै स्कुलमा S.L.C. परिक्षा दिन आउथे ।
तिनै अपरिचित अनुहारमा कतै चिनेका मुहार भेटिने आसमा तिनीहरुलाई नै हेर्दै बसिरहेको थिए ।
हुनत पढेको भएपो मन पनि लागोस कक्षामा छिर्न । सरकारी स्कुल आन्दोलन, बन्द , भैरहने त्यहिपनि जेठमा शुरु भएर असारमा बर्खे बिदाको छुट्टी अनि लगत्तै दशै,तिहार ,माघे संग्रान्ती होलि यस्तो लाग्छ नेपालमा जति चाडपर्व कुनै देशमा मनाइदैन होला । बिच-बिचमा आफैले कति छुट्टि हानियो टिफिन बाट घर तिर भागियो । स्कुलमा जति पढयो पढयो घरमा परिक्षाको अघिल्लो दिन बाहेक किताब छुने चलन थिएन । लाग्थ्यो "सरस्वती माताले " घरमा किताब खोलिस भने विद्या नस्ट गर्दिने धम्कि दिएकी छन !!
अनि कसरी लागोस त मन परिक्षा दिन ?
कसरी लागोस कक्षाकोठा मा छिर्न ? मन मनै मेरालागि " प्रवेश निषेध छ।" भनेर ढोकामा कसैले पम्प्लेट टाँसिदिएपनी हुनेथ्यो झैँ लागिरहेको थियो !!

कहिले काँही

कहिले काँही म भेटिन्छु त्यही चौतारा मा
तिमी त आउँदैनौ
तै पनि कुरी रहेको हुन्छु
भिड मा पनि एक्लाई हुन्छु तै पनि सही छ
मेरो जिन्दगी साँच्चै नै सही छ

याद तिमीलाई मेरो नआएर होला
याद त म पनि तिमीलाई कहिले गर्दिन..
सपना नि आउँदैन तिम्रो मलाई..
त्यै पनि हुन्छु त्यही डाँडा को फेदी मा अचेल
कहिले काँही कोही नहुँदा साथमा..
कहिले हाँस्न भुलेको बेला..
कहिले आँसु झार्न नसकेको बेला..
अनी कहिले म हराएको बेला..

छ न त म सोझै थिए
थोरै भएनी लायक नै थिए
नालायक त होईन अझै पनि..
तर..
कहिले काँही भेटिन्छु त्यै भट्टी मा अचेल..
हाँस्न बाहना नपाएको बेला..
अनी कहिले यो मुटु साह्रै दुखेको बेला..

जान त म जान्न थिए..
खान त म खान्न थिए..
त्यै पनि आजकल मात चडेको छ..
तिम्रो वेवास्ता ले साह्रै पिरोलेको छ..
तेसै ले पनि हो..
म भेटिन्छु त्यो बसन्तपुर को गल्ली म अचेल..
कृष्ण मन्दिर तिर को एकान्त चोक हरु मा..
भक्तपुर को ठुला सडक हरु मा..
८ माइल को जंगल हरु मा..
भेटिन्छु आजकल तिमीलाई नसम्झिने कोसिस गर्दै अचेल..

कोसिस त नगरेको होईन मैले..
त्यै पनि..
त्यो भट्टिले बोलाउँछ अचेल..
त्यो धुँवाले तान्छ अचेल..
त्यसैले भेटिन्छु उतै अचेल..
मन रोएको बेला..
तिमी लाई पाउन नसकेको देख्दा..
त्यसै मा रम्छु अचेल..
जिन्दगी ले पिरोलेको बेला..
रुन लाई बाहना अनि हाँस्न हाँसो नभेटाएको बेला...

Author : © Shreejana Rajbahak

Seen Unseen

a mere fear craves for my soul
i see shadows that i can't see
i hear the voices that i shouldn't hear
i feel sth thats nt even there

an open door
a closed door
inside my room
outside my room
that dark hall
bark of my dog
it chills me a silent wall
a silent n lone sleeps
n then...i see the unseen

when a breath flows through my hair
heart pounds upside down
the weight upon me
those untouched touch
then sth besides me
ya... i shouldn't feel
i shouldn't fear
i should never see the unseen...

Author: © Shreejana Rajbahak

A change in a Second

I am alive,wait..i was
until u slammed that door to my dreams last night
n i didnt cry,no..nt even a drop of my tears
but i hit my head to the wall really hard
so that i could forget who i was,
what my dreams were...
then all left would be ur dreams ...for me
n i would fulfill them and u would be happy...

I am laughing,wait i was
then u said its bad so i just smiled
and i forgot what i wanted to be
u know wat iz best for me to be
so here i say,i will live ur dreams
this is what u want i beleive...

I am alive,oh.. Wait i was
last night u burnt my dreams and i just watched.
Without a regret i say nth..
My heart was neva paining..
U said it may hurt..
But That didnt hurt me ..nt at all
i wonder y but ya i think m nt alive
seems i killed myself with polite...
Seems like i liked myself with polite...

Author: © Shreejana Rajbahak