Tuesday, October 13, 2015

टाइटनिक रुमाल

कथा आफैमा नटुङ्गिने कथा हो। झन जीवन त कथाको यस्तो भुमरी हो। जहाँ धेरै कथाहरु सुरु हुन नपाउदै हराइसक्छन। लेखिन नपाउदै मेटिसक्छन। आफ्नै जिवनकथा लेख्ने क्रममा म कति इमानदार हुनसक्छु थाहा छैन ।
जिन्दगीको तेज रफ्तार मा म आफैं देखि भागिरहेको छु र मलाइ अस्तित्वका धेरै छाँया हरुले लखेटिरहेका छन । अस्तित्वका भिन्न स्वरुप हरुमा म जिवितै रहनेछु सायद .........
जाडोलाइ भर्खरै बिदाइ गरेर गर्मिलाइ स्वागत गरेको थियोे चैत ले । स्कुल जाने बाटो वरपरका खेतहरु कतै खाली थिए त कतै जोतिएका देखिन्थे । परिक्षाको पहिलो दिन भएकोले म एक घन्टा अगाडी नै स्कुल जाँदै थिए !!
बाटामा अलिक टाढा टाढा घर हुने विद्यार्थीहरु साइकलको पछाडि सिटमा "कुट" च्यापेर आफ्नै रफ्तारमा स्कुल तिर गैरहेका थिए । 30 मिनेट अगाडी जाँदा पनि हुने हो । तर एक घन्टा अगाडी जाने आदेश आफ्नै दाइको थियोे । बुवा आमा बस दुर्घटनामा परेदेखि मेरो बुवा,आमा, साथी जो भनेपनी "दाइ" नै थियो । हामी सँगै एउटै कक्षामा पढथ्यौ ६ कक्षा देखिनै परिक्षाको बेला उसको कोठा मैले खोज्दिनुपर्ने एक किसिमको ठेक्का जस्तैः थियोे ।
स्कुलको (मेन गेट) बाट प्रबेश गर्दा थुप्रै विद्यार्थी हरु आइसकेका थिए । आफ्ना आफ्ना साथीहरूको ग्रुप बनाइ कता - कता परियो भनेर कक्षाकोठा खोजि गर्दै थिए ।
जिल्लाकै दोश्रो ठुलो स्कुल भएकाले स्कुल ठूलो थियोे। प्रत्येक कोठा डुल्ने हो भने कम्तिमा १ घन्टा लाग्थ्यो । तर मेरो ६ कक्षा देखिकै कोठा खोज्ने अनुभवले १५ मिनेटमै कक्षाकोठा भेटेर मख्ख थिए ।
कक्षाकोठा त भेटे तर कक्षाकोठामा पस्न मन लागेन । छेउछाउका अन्य दुई बोर्डिङ स्कुलका बिद्यार्थी पनि हाम्रै स्कुलमा S.L.C. परिक्षा दिन आउथे ।
तिनै अपरिचित अनुहारमा कतै चिनेका मुहार भेटिने आसमा तिनीहरुलाई नै हेर्दै बसिरहेको थिए ।
हुनत पढेको भएपो मन पनि लागोस कक्षामा छिर्न । सरकारी स्कुल आन्दोलन, बन्द , भैरहने त्यहिपनि जेठमा शुरु भएर असारमा बर्खे बिदाको छुट्टी अनि लगत्तै दशै,तिहार ,माघे संग्रान्ती होलि यस्तो लाग्छ नेपालमा जति चाडपर्व कुनै देशमा मनाइदैन होला । बिच-बिचमा आफैले कति छुट्टि हानियो टिफिन बाट घर तिर भागियो । स्कुलमा जति पढयो पढयो घरमा परिक्षाको अघिल्लो दिन बाहेक किताब छुने चलन थिएन । लाग्थ्यो "सरस्वती माताले " घरमा किताब खोलिस भने विद्या नस्ट गर्दिने धम्कि दिएकी छन !!
अनि कसरी लागोस त मन परिक्षा दिन ?
कसरी लागोस कक्षाकोठा मा छिर्न ? मन मनै मेरालागि " प्रवेश निषेध छ।" भनेर ढोकामा कसैले पम्प्लेट टाँसिदिएपनी हुनेथ्यो झैँ लागिरहेको थियो !!

"कक्षाकोठा भेटिस त?"
पछाडी बाट अचानक आएको आवाजले झसङ्ग झस्के। फर्केर हेरेको दाइ रहेछ ।
"अँ भेटे त्यै भुत बंगला जस्तो लामो हल हो ।"
"हिडन त जाँउ । कि दिदैनस जाँच ?
उस्ले व्यंग्य हानी हाल्यो
"जादै गर एक्छिनमा आउछु "
यति भनेपछि
उ गुरु ले भनेको कुरा लाई आज्ञाकारी चेलो ले माने झै
लुरुलुरु कक्षामा गयो !!
यताउता चउर मा नजर डुलाए सायद परिक्षाले गर्दा होला हाम्रा न अरु स्कुलका कोहि विद्यार्थी थिएनन।
न आउनु स्कुल आइसकेपछि
स्कुलको गेट बाट भित्र छिरिसके पछि
भित्र छिरेर कक्षाकोठा खोजि सकेपछी
परिक्षा नदिने कुरा आएन त्यहिमाथी S.L.C. अझ फलामको गेट कि सिल्बर गेट हो भन्थे सर हरुले
लागे म पनि लुरुलुरु कक्षा तिर परिक्षा दिन !!
गोलो अनुहार,शान्त आँखा,थोरै मुस्कुराएका ओठ,सेतो सर्ट,निलो जिन्स , बाँधिन नमानेर बारम्बार अगाडी आइरहेका केशहरु तिनै केशलाइ हातले सलक्क माथी लगेर कानमा सिउरिदै मेरै बेन्चमा एउटि युवती आएर बसिन ।
" उनि यति उज्याली थिन कि मानौँ मध्याह्नको सुर्यमाथी अर्को सुर्य खप्टिदा आउने रोशनी पनि मधुरो लाग्थ्यो उनको सामु ।"
"यति सुन्दर केटि पनि हुन्छन र? - हुदोरहेछन त !!"
आफ्नै मन- आफ्नै मनसंग प्रश्न उत्तरको खेल खेलिरहेको थियोे ।
मन भित्र के थियो उनको बुझ्दिन थिए । थोडीन अन्तर्यामी थिए बुझ्न् लाई !!
तर उनी हाँस्न खोजेझै गर्दैथिन ।
त्यतिबेला मलाई उनी सम्मोहित कुनै रहस्य जस्तैः लागिन ।
सम्मोहित को परिभाषा बुज्दथे म :- "कसैलाई आफ्नो वसमा पार्नु" सम्मोहित हो। माध्यम फरक हुनसक्छ। शान्त मुहार, आकर्षक स्वरूप , या आँखाहरुनै किन नहुन । उनको सिङगो ब्यक्तित्वले मलाइ सम्मोहित पारेको थियोे ।
त्यो एउटा मनोबैज्ञानिक असर पनि हुनसक्छ । त्यसैले एकछिन त उनलाइ हेर्दाहेर्दै कता हराउन पुगेछु। टोलाइ रहेको रहेछु त्यसरी टोलाएको बेलामा म पनि उनी जस्तैः कुनै रहस्य झैँ देखिएको हुदो हुँ !!
म भन्दा अगाडी दाजु थ्यो । बेला बेलामा मलाइ बेला बेलामा सुन्दर युबतिलाइ हेर्दै थ्यो । सायद दाइले ती सुन्दर युवती लाई चिनेको थियो जस्तै: लागिरहेको थ्यो !! जे सुकै होस धन्न मेरो बेन्चमा परिछे भन्दै मन मनै भगवानलाई धन्यवाद दिंए । विद्या नस्टम त्यो पल संसारकै भाग्यमानी पुरुष म नै हुँ झै लागिरहेको थियोे । मन भित्र भित्रै बाख्राको पाठो उफ्रे झैँ उफ्रि रहेको थ्यो ।
परिक्षा सुरु हुनलागेको जनाउ घण्टी बज्यो । एकजना हाम्रै स्कुलको सर नातामा उहाँ हाम्रो "मीत बुवा" पर्नुहुन्थ्यो । मितबुवा र अर्कै स्कुलको नचिनेको सर "गार्डको " रुपमा आउनु भयो । खाली उत्तर पुस्तिका बाँडन थाल्नुभयो । म भित्ता तिर भएकोले मेरो पेपर पनि उनै सुन्दर युवतीले म तिर सार्दिन ।
लिदैँ गर्दा "Thank You " तीमि र म एउटै बेन्चमा हुनु सपना झैँ लागिरहेको छ । भन्न लागेको थिए Thanks बाहेक केही भन्न हिम्मत पुगेन !!
कापिमा सिम्बल नं - देखि सर ले भनेजती सबै लेखे !
जिराफले झै तनक्क घाँटी तन्काएर उनको सिम्बल नं हेर्ने दुस्साहस गरे खै जानेर हो या अन्जानमा " टाइटनिकको हिरो हिरोईन ( ज्याक र रोस ) भएको रुमाल कापीमाथी राखिन उनले रुमाल कापी माथी राख्दा यता आफुलाइ भने 100 क्विन्टलको ढुङ्गा छातिमा राखेझै भइ रहेको थियोे । बेला बेलामा यताउता हेरिरहेकि थिइन सायद परिक्षाले गर्दा चिन्तित देखिन्थिन । यता उता हेर्ने क्रममा मेरा नजर - र उनका नजर एक-आपसमा जुध्ने गर्थे त्यो बेला उनि मन्द मुस्कान छोडथिन । आफुलाइ भने भित्र-भित्रै केही भए कस्तो काउकुती लागेजस्तो महसुस हुन्थ्यो !!
दिलमा घण्टी बजिरहेको बेला अचानक स्कुलको घण्टी बज्यो टिङङ्ङ्ङ्ङ्ङ..........
सर हरु धमाधम कोइसन पेपर बाडन थाले । सुरु दिन हिसाब थियोे । दाइ हिसाबमा जान्ने थ्यो दाइले हिसाब सिकाएर होला अरु विषय भन्दा सजिलो लाग्थ्यो !! सरले एक प्रती कोइसन मलाइ नि थमाए ४ नंम्बर गोटाका हिसाब बाट गर्न सुरु गरे
ऐकिक नियम बाहेक ४ नंम्बर गोटाका हिसाब सबै सिध्याए । हिसाब सजिलो लागेपनी ऐकिक नियम एकदमै झ्याउ लाग्थ्यो ......
ऐकिक नियममा प्रश्न सोधिन्थ्यो -:
""यदि ४० जना कामदारले एउटा घर १ महिनामा बनाइ सक्छन भने त्यही घर २० जना कामदारले कति दिनमा भत्काइ सक्छन ? ""
मन मनै सोच्थे - ए घाँस हो तिमीहरूलाई भत्काउनु नै थियोे भने बनाउन चै किन बनाउनु ??
यस्तै- यस्तै वाइयात प्रश्नले गर्दा ऐकिक नियमको नियम कहिल्यै पढिन पनि परिक्षाको बेलामा गरिन पनि !!
एकचोटि सरर कापी हेरे पास मार्क गरिसकेको रहेछु !!
अघि परिक्षा सुरुहुन अगाडी ५ मिनेट जाने होश नै भएनछ पिसाबले जोडसंग च्याप्यो !!!
उठेर सरलाइ भने
"सर ५ मिनेट बाहिर जाने "
मितबाउ आक्रोशित भएर बाघले बाख्रोलाई आँखा तरेझै तर्दै रिप्लाइ हाने ।
"एक घन्टा नभइ बाहिर निस्कन मिल्दैन"
" त्यसो भए यहि गर्दिम त?" भन्न लाग्या थे हिम्मत पुगेन !!
म उठेको बेला सबैले मलाई पल्याकपुलुक हेरेर फेरि घोसे मुन्टो लाएर सायद....
उनिहरु पनि त्यसैको पर्खाइमा थिए । तर तिनीहरुको बाहिर जानुको उद्देश्य मलाइ राम्रोसँग थाहा थ्यो !!
१घन्टा बितेको घन्टी कहिले बज्छ भनेर चुपचापले बसे !! सायद ..........यो युरिनरी ब्लाडर प्लास्टिक या अन्य केहि धातुले बनेको हुँदो हो त उहिले फुटिसक्ने थियो। खै के बाट बनेको हुन्छ धन्न फुटिसकेको थिएन !!
सर सेनाले झैँ चारैतिर छापा मार्दै थिए । विद्यार्थी पनि के कम आफुले ल्याएका हतियार :- गाइड , गेसपेपर,कागजका टुक्राटुक्री "अलर्ट " भएर बेला बेला निकाली रहन्थे ।
दाइ पनि पेपर थपी थपी लेखिरहेको थियोे !!
यत्तिकै मा मेरा नजर ती सुन्दर युवतीका नजरमा जुध्न पुगे । जिउमा १२००० वाट को करेन्टले झटका हाने जस्तै झडका हान्यो । उनी कतिबेला देखि मेरा सबै क्रियाकलापहरु हेरिरहेकि थिइन जस्तै लाग्यो !! हतपत नजर बाट नजर हटाउदै बिस्तारै पल्लो छेउबाट मेरो छेउमा आइन र
मधुर स्वरमा बिस्तारै भनिन ।
- " सुन्नुस न "
उनको बोलिमा यति मिठास थियोे कि उनको बोलिले मनुष्य त के देवता पनि उनको कुरा सुन्न तयार हुन्थे !!
म त झन मान्छे!!!!!
मैले पनि " हजुर भनन " भनेर बिस्तारै उनकै तरिकाबाट रिप्लाइ फर्काए !!
" यो - सिकाइदिनुन " भन्दै तिनै मैले गरेका प्रश्न देखाइन १ घन्टा बित्नका लागि लगभग अझै १० मिनेट बाँकी थियोे !!
मैले उस्को पेपर तानेर तिमी लेखेजस्तो मात्रै गर । म हिसाब गर्दिम्ला भनेर आफ्नो उत्तर पुस्तिका उसलाइ थमाए !!
उसको पेपरमा एउटा अक्षर केही लेखिएको थिएन !!
त्यस्तो होनहार विद्यार्थी त थिइन म १ कक्षा देखि
कहिल्यै तेस्रो ,दोस्रो ,पहिलो भएको रेकर्ड थिएन । तर फेल पनि भएको थिइन । उत्तर मिल्नु नमिल्नु आफ्नो ठाउँमा थ्यो उनको पनि ऐकिक नियम बाहेक आउने जति कच्याककुचुक सबै गरिदे । एकपटक लामो सास तानेर छोडे अनि उनितिर हेरे ........
उनको अनुहार झरिपर्न लाग्या आकाश जस्तैः देखिन्थ्यो !! डर र त्रासका काला बादलहरु अनुहार भरी यत्रतत्र सल्बलाइ रहेका थिए !!
सर तिर हेरे ....सर छापामार्दै गाइड ,गेसपेपर,जस्ता हतियार हरु विद्यार्थीका साथ बाट बरामद गर्दै थिए !!
त्यही मौकामा आफ्नो पेपर तानेर उस्को पेपर फिर्ता दिए !!
उसको मुहारमा पुन: घाम झुल्कियो अचानक ति सल्बलाइ रहेका त्रासका काला बादलहरु आपसेआप विलीन भए !!
..............अज्ञात तिमी के गरिराछौ ? अचानक मेरो नाम उच्चारण गरेर बोलाउदा झसङ्ग झस्कन पुगे हेरेको सर यानीकि आफ्नै मितबाउ रहेछन !!
मुटुमा ढयाङ्रोबज्न थालिसकेको थियो । नजाने झै गरि उठेर भने "किन सर के गरेर मैले? "
तिमिले यतै काम खराब त गरेनौ? अघि परिक्षा सुरु नभै बाहिर जानलाग्या मान्छे सकिन लाग्यो त !!
सर को कुराले सबै विद्यार्थी गलल हाँसे
कक्षाकोठा पुरै हाँसोमय भयो !!
उसको लेख्दिने चक्करमा पिसाब फेर्न नि बिर्सिराख्या रहेछु
म लाजले अनुहार रातो पिरो बनाउदै टवाइलेट तिर गए !!
कक्षा कोठामा फर्केर आउदा ती सुन्दर युवती थिइनन !
सरलाइ कापी बुझाएर बाहिर गइसकेकी रहेछिन !!
बेन्चमा उस्ले आफ्नो "टाइटनिक रुमाल " बिर्सेर गैछे !!
त्यत्रो लेख्देको "धन्यवाद " सम्म नभनी गइछे कस्ति स्वार्थी,घमण्डि केटी रैछे भनेर मनमनै गाली गरे !!
एकमनले भन्छ :- त्यस्को सिँगान पुछने कात्रो लैजाउ कि नलैजाउ ?
फेरि अर्को मनले भन्छ :-
हुनसक्छ धन्यवाद स्वरुप गिफ्ट दिएकी हो कि ?
हुनसक्छ भोलि बोल्न सजिलो होस भनेर छोडेर गएकी पो हो कि ?
एक मन र अर्को मन को घमासान युद्ध चलिरहेको थियो !!
रुमाल टिपेर गोजिमा हाली पेपर बुझाएर बाहिर निस्के।
बाहिर निस्किएर सबै तिर नजर डुलाए
त्यो चेहरा फेला पार्न सकिन !!
साँझपख पढनलाइ किताब खोले "सिनेमा हेर्न बसेझै एकाएक मेरो मानसपटलमा दिउँसो कक्षा कोठाका दृश्य हरु घुम्न थाले त्यही आँखा ,तिनै मुस्कान त्यही चेहरा झलझली याद बनेर आए !!
" यी याद भन्ने चिज पनि कस्ता खतरनाक हुन के झ्याल ढोका बन्द गरेर बसेपनी कता कता बाट आइदिने !! "
किताबका पाना पल्टाउछु अक्षरहरु सबै उस्कै प्रेम निशानी जस्ता लाग्छन !!
"जिन्दगीको भुल,भुलैयामा गर्छु भनेका कुरा धेरै पटक कोशिस गरेपनी नहुदो रहेछ।
अनि गर्दिन भनेका कुराहरु नगरेपनी स्वत: हुदोरहेछ !!
जस्तैः प्रेम 💞
हो गर्दिन भन्दाभन्दै पनि एकैनजरमा माया बसिसकेको थियोे ।
कसैलाइ प्रेम गर्दिन भन्दाभन्दै पनि उनि संग प्रेम भैसकेको थियोे !!
प्रेम गर्न मन लाग्थ्यो तर डर केको लाग्थ्यो भने ......
"जबजब कोहि म संग सम्बन्ध जोडेर जान्छन ।
केही समय पछि ...कुनै कारण \ अकारण छोडेरै जान्छन " लाग्थ्यो यस्को लागि सक्षम भैसकेको छैन म !!
प्रेम एउटा जिम्मेवारी जस्तै लाग्छ :- आफ्नो प्रेम त्यागेर सँंधै उसलाइ खुसी राख्नुपर्ने जिम्मेवारी ।
आफ्ना सपनाहरूको बलि चढाएर उसका सपनाहरू पूरा गर्नुपर्ने जिम्मेवारी ।
आफ्ना इच्छा,चाहाना हरुको दाहसंस्कार गरेर उसका निम्ति खुसी जन्माउनु पर्ने जिम्मेवारी !!
अनि लाग्थ्यो म यस्तो जिम्मेवारी बहन गर्न सक्षम भएको छैन !!
फेरि कसैले भनेको सम्झिन्थे "केही पाउनका लागि केही गुमाउनु पर्छ हो म पनि तयार भैसकेको थिए उनलाई पाउनका निम्ति सबैथोक गुमाउन !!
मोटरसाइकल को पिपिप्प्प आवाजले फेरि मेरो ध्यान बिथोलिदियो । झ्यालबाट हेरे पल्लो गाउँबाट दाइका साथीहरू आएका रहेछन । कोठामा दाइ आयो र "ढोका राम्रोसँग लाएर सुत्नु" राती म आउदिन उतै साथीहरूको मा बस्छु उतै पढछु भनेर गयो !!
दाइका साथीहरू मन पर्दैन थ्यो मलाइ टप लगाएका कपाल लामो लामो पालेका हेर्दै गुन्डा जस्ता थिए !
तर के गर्नु तिनीहरु नभै नहुने दाइलाइ ज्यानै दिन्थ्यो उनिहरुको लागि !!
आ जाँसुकै जाओस् भनेर पढन थाले पढनै मन लागेन
मोबाइल टिपेर फेसबुक खोले झलझली तिनै युवतीका नजरहरु आफ्ना नजरमा "नजर आए" !!
अनि स्टाटस लेखे !!
" प्रेम त्यतिबेला भएको थियोे
जतिबेला उनको र मेरो नजर जुधेको थियोे
अहिले जे हुँदैछ प्रेम जस्तो मात्रै हुँदैछ !! "
भोलिपल्ट ब्युझिन्दा मोबाइल हातमै थियोे ! दाजु साथीहरू संग उतै बसेछ !
उनिसँग बोल्न पाइने खुसी मनमा थियोे
अनि मनमै डर पनि
अनि यहि मन मा माया पनि
कति थोक अटाउन सक्छ यो मान्छेको मनमा पनि !!
स्कुल गएर कक्षाकोठामा छिर्नै लाग्दा गोजिछामे उनको "टाइटनिक रुमाल" थिएन !!
आज घरमा भुलेछु भोलि ल्याइदिन्छु है तिम्रो रुमाल मैले भेटेको छु भन्ने बाहाना दिमागमा फुरेकोले दङ्ग थिए !!
परिक्षा सुरुहुन लागेको जनाउ घण्टी बज्यो । पालैपालो सबै विद्यार्थी एक एक गर्दै कक्षामा आउन थाले । उनलाइ हेर्नका निम्ति यति तडपिएको थिए जसरी मरुभूमि मा फालिएको माछा पानीका लागि तडपिन्छ !!
एकाएक गर्दै कक्षाकोठा का सबै विद्यार्थी आए तर उनी आइनन ।
सर आए पेपर बाँडे उनको ठाउँ खाली देखेर सोधपुछ गरे कसैले थाहा नभएको बताए ।
हिजो जस्तै आजपनी पास मार्क गरिसके तर " सुन्नुसन यो सिकाइदिनुस न " भन्ने आवाज कतैबाट आएन !!
सबै विषयको परिक्षा सकियो तर उनि आइनन
तर पनि आशा र बिश्वासको टुकि निभेको थिएन !! लाग्थ्यो उनलाई एकदिन अवस्य भेटनेछु अनि परिक्षा दिन किन नआएको हँ भनेर सोध्ने छु ।।
परिक्षा सक्किएको पर्सिपल्ट स्कुलमा प्राक्टिकल थियोे दाइ र म दुबै जना प्राक्टिकल दिएर फर्किने क्रममा मीत बाउलाइ देख्यौ । मीतबाउ र अर्को एकजना सर चउरमा बसेर पत्रीका पढिरहेका थिए !!
दाइलाइ मीत बुवालाइ भेटेर जाउ भनि आग्रह गरे उस्ले हुन्छ भनी सहमति जनायो !!
छेउमा पुगेर सर नमस्कार भने दुबै जनाले पत्रीका बाट नजर उठाएर म तिर हेर्दै नमस्कार भने एउटा सर चै पुनः पत्रीका पढन थाले मितबाउले भनेपख है छोरा हाम्रो स्कुलमा परिक्षा दिन आउने केटिको खबर छापिएको रहेछ पढन दे अनि गफ गरौला भनेर पढन मितबाउ नि पत्रीका पढन थाल्नु भयो !!
हाम्रो स्कुलको खबर भनेपछि मलाइ पनि पढने उत्साह जाग्यो मीतबाउ को छेउमा गएर हेरे !
पहिलो पृष्ठमै काला ठुला मोटा अक्षरमा लेखिएको थियोे !!
"एक युबतिको बलात्कार पछि हत्या"
साथमा लासको तस्वीर पनि थियो
त्यो तस्वीर र परिक्षाको बेला मेरो छेउमा बस्ने त्यो सुन्दर युवतिको तस्बिर दुरुस्त मिल्थ्यो !!
घाँटीमा त्यही टाइटनिक रुमाल कस्सिएको थियो !!
आफ्नो गोजि छामे गोजिमा रुमाल थिएन ।
दाइ लाई हेरे वरपर दाइ पनि थिएन ।
घर गएर घरका एक एक कुना कुना दोहोर्‍याएर खोजे
त्यो टाइटनिक रुमाल कहिँ भेटिन !!

Author: © Binod Dahal

No comments:

Post a Comment